कैलालीमा गहुँ उत्पादन घट्यो « Khabarhub

कैलालीमा गहुँ उत्पादन घट्यो


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टन गहुँ उत्पादन घटेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

ओझाले भने, ‘उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो’, कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको छ ।’ 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १० : ५७ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा