गुर्जामा सामूहिक तरकारीखेती « Khabarhub

गुर्जामा सामूहिक तरकारीखेती


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । 

करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताए । 

‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो’, उनले भने, ‘तरकारी आयात घटाउने, स्थानीयवासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्ग्यानिक स्वाद पस्किने उद्देश्यले सामूहिक खेती गरेका हौँ ।’

समुन्द्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा रहेको, सडक यातायातको सुविधा नपुगेको गुर्जा म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित छ । उच्च पहाडी क्षेत्रमा अवस्थित गुर्जामावेष गरेर खुर्सानी आयात हुने गर्दछ । 

धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले परीक्षणका लागि गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य खेती विस्तार गर्न थालिएको बताए । उनका अनुसार यसअघि घुम्ती व्यापारीले बोकेर लैजाने खुर्सानीलाई प्रतिकिलो चार सय रुपैयाँका दरले किन्नुपर्ने अवस्था छ । 

गुर्जाबासीले बर्खायाममा जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ, ढकायोको टुसालाई तरकारीका रूपमा उपभोग गर्नुका साथै आफन्तलाई कोसेली पठाउने र बिक्रीसमेत गर्छन् । हिउँद याममा भने तरकारीको अभाव हुने भएकाले खेती गर्न थालिएको वडाध्यक्ष छन्त्यालले उल्लेख गरे । स्थानीय जातको मुलालाई धजरा, गुन्द्रुक, च्याउको सुकुटी बनाएर हिउँदमा तरकारीको रूपमा प्रयोग गर्छन् । 

सामूहिक रूपमा तरकारीखेतीसम्बन्धी आधुनिक प्रविधी र सीप सिकाउने काम भइरहेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले बताए । तीन वटा प्लास्टिक टनेल बनाएर टमाटरखेती र तरकारीको बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए । 

किसानलाई तरकारीखेतीसम्बन्धी तालिमका साथै बीउ र टलेल खरिदमा गाउँपालिकाले सहयोग गरिरहेको प्राविधिक थापाले बताए । यहाँ दलित र अल्पसङ्ख्यक छन्त्याल समुदायका दुई सय ५० परिवारको बसोबास छ । छन्त्याल सस्कृतिमा रमाउन र प्राकृतिक सौन्दर्यमा रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।
 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ११ : ४५ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद