गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा « Khabarhub

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।

अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निराशालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएकोमा जोड दिए । १६३ औँ श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजाबादी, हिन्दुबादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।


वर्षा मौसम शुरु हुनु अगावै हामिले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए । 

सम्पूर्ण श्रमिकहरुमा बधाई शुभकामना दिँदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : १६ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास