रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथ रोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ । 

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान आज राति मछिन्द्रनाथको रथ तानी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गा:बहाल पुर्‍याइएको छ । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो ।

रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा समापन हुने गर्छ । भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : ५६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ