अर्थसंक्षेप : गभर्नर सिफारिस समितिमा महाप्रसाद, नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह र यातायात कार्यालयद्वारा ४५ करोड राजस्व सङ्कलन | Khabarhub Khabarhub

अर्थसंक्षेप : गभर्नर सिफारिस समितिमा महाप्रसाद, नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह र यातायात कार्यालयद्वारा ४५ करोड राजस्व सङ्कलन


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

आईपीओ किन ल्याउँदैनन् उत्पादनमूलक उद्योग ?

उत्पादन तथा प्रशोधन समूह अन्तर्गतको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड दोस्रो बजारमा सूचीकृतमध्ये सबैभन्दा महँगो कम्पनी हो ।

अहिले यो कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रतिकित्ता ४६ हजार रुपैयाँभन्दा बढी मूल्यमा किनबेच भइरहेको छ ।

सन् १९९४ मा दोस्रो बजारमा सूचीकृत भएको युनिलिभरको बजार पूँजीकरण आजको दिनमा ४२ अर्ब ८१ करोड २५ लाख रुपैयाँभन्दा बढी छ । हिन्दुस्तान युनिलिभरको मुख्य लगानी रहेको कम्पनीले लाइफब्वाय साबुन, लक्स साबुन, सन्सिल्क स्याम्पू र पोन्डस् लगायत सामान उत्पादन गर्ने गरेको छ ।

नेप्सेमा सूचीकृत भएको उत्पादन समूहकै बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराइ नामक कम्पनी उच्च शेयर मूल्य भएका कम्पनी हुन् । दुवै कम्पनीले कोकाकोला लगायत चिसो पेय पदार्थ उत्पादन गर्ने गर्छन् ।

एनआईएमबी ब्रोकरले ल्यायो नयाँ टिएमएस 

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकलाई १० प्रतिशत छुट

गभर्नर सिफारिस समितिमा महाप्रसाद – विज्ञको टिप्पणी : ‘स्वार्थको द्वन्द्व’

सरकारले गभर्नर सिफारिस समितिमा भर्खरै कार्यकाल सकेर बाहिरिएका पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

गभर्नर सिफारिस समितिका तत्कालीन सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले गत ९ वैशाखमा राजीनामा दिएपछि उनको स्थानमा अधिकारीलाई नियुक्त गरिएको हो ।

तर, भर्खरै कार्यकाल सकेर बाहिरिएका व्यक्तिलाई गभर्नर सिफारिस समितिमा नियुक्त गर्नु उचित नभएको विज्ञहरूले जनाएका छन् । भर्खरै गभर्नरको भूमिकाबाट बाहिरिएका व्यक्तिलाई नै नयाँ गभर्नरको सिफारिस समितिमा राख्दा स्वार्थ बाझिनसक्ने उनीहरूको भनाइ छ ।

तीन करोड ८५ लाख लागतमा ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

यातायात कार्यालयद्वारा ४५ करोड रुपैयाँ राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को नौ महिनाका अवधिमा ४५ करोड ६६ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय ९९ रुपैयाँ , यातायात क्षेत्रको आम्दानीबाट सात करोड १५ लाख ७६ हजार नौ सय ९२ रुपैयाँ, सङ्घीयता तर्फ तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ रुपैयाँ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी रोकिँदा नेपाललाई झन् अप्ठ्यारो परेको बताएका छन् ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि करिब १०२ अर्बको एमसीसी परियोजना बन्द हुँदा देश तरङ्गित भइरहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो भनेका हुन् ।

सेन्टर फर पोलिसी रिसर्चले बिहीबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने- ‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अहिले अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर, २७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो ।’

कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

छ महिनामा दुई हजारबढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्‌घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्‌घाटन गरेका छन् ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनगरमा उद्‌घाटन गरेका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : ४१ बजे

जलवायु परिवर्तनको जोखिम घटाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जलवायु परिवर्तनको बढ्दो

भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला

काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

काठमाडौं – छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय

रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्‍याइयो

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरसहित तीनजना पक्राउ

जनकपुरधाम – डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट