पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार « Khabarhub

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेको छ। मे महिनाको सुरुवातमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो। सो दाबीलाई भारतले अस्वीकार गरेको थियो।

शनिबार ब्लुमबगसँगको कुराकानीको क्रममा भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भनेको जस्तो सङ्ख्या नै यत्ति भन्ने पक्का नभएको बताए। सिंगापुरमा जारी एसियाली रक्षासम्बन्धी फोरममा उपस्थित भएका चौहानले त्यही ब्लुमबर्गलाई सो कुरा बताएको जनाएको छ।

उनले यो कुन गल्तीका कारण भएको हो छानबिन गर्न अझै बाँकी रहेको बताए। उनले पहिलो प्रहारमा भएको गल्ती तत्काल पत्ता लगाएका कारण त्यसको दुई दिनपछि नै सफलता पूर्वक आक्रमण गरेको बताएका छन्।

पाकिस्तानले भारतका पाँच फाइटर जेट खसालेको दाबी गरेको थियो। पाकिस्तानी दाबी अनुसार यी मध्यका तीन फ्रान्सेली रफायल जेट थिए। पाकिस्तानले फ्रान्समा निर्मित रफायललाई निस्तेज पार्न चीनमा बनेको फाइटर जेट प्रयोग भएको बताएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ४६ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक