युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ? « Khabarhub

युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको छ। १० जीवित इजरायली बन्दी तथा १८ शव हस्तान्तरण गर्न हमास तयार भएको छ। तर उसले आफ्नो तर्फबाट पनि वार्ताका लागि केही सर्त राखेको छ।

गाजाबाट इजरायली सेना हटाउन तथा पूर्ण शान्तिका लागि हमासले सर्त राखेको हो। साथै निरन्तर राहत उपलब्ध गराउने अर्को सर्त छ। अहिले प्रस्ताव गरिएको सर्तमा यी विषय समावेश छैनन्।

अमेरिकाले इजरायलले सो प्रस्ताव स्वीकार गरिसकेको बताएको छ। मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफले भने यो सर्त अस्वीकार्य रहेको बताएका छन्। उनले हमासले युद्ध विराम सुरु गरेपछि मात्र अन्य विषयमा छलफल हुने बताए।

युद्ध सुरु भए यता नै हमासले अहिले आफूलाई सबै भन्दा अप्ठेरो अवस्थामा पाएको छ। गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन्। यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ।

हमासका वार्ता संयोजक खालिल अल हाया भने अल्पकालीन शान्तिको प्रस्ताव मान्न तयार छैनन्। इजरायलले जमिनमा आक्रमण गर्ने तयारी गरेको कुरामा सचेत हुँदै हमास अमेरिकाको प्रस्ताव मानी हाल्ने पक्षमा पनि छैन।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : १० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल