चीनले जासुसी गतिविधि बढायो : डच रक्षामन्त्री « Khabarhub

चीनले जासुसी गतिविधि बढायो : डच रक्षामन्त्री


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डच रक्षामन्त्रीले आफ्ना उद्योगहरुमा चीनले जासुसी गतिविधिलाई बढाएको आरोप लगाएका छन् । सिङ्गापुरमा आयोजना भइरहेको शाङ्ग्री–ला संवादका क्रममा डच रक्षामन्त्री रुबिन ब्रेकेल्मान्सले चीनमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले सेमिकण्डक्टर उद्योगलाई लक्षित गरी जासुसी गतिविधि गरिरहेको आरोप लगाएका हुन् । गत वर्षको अप्रिल महिनामा डच सैन्य जासुसी निकायले नेदरल्याण्ड्सको सेमिकण्डक्टर, हवाइ र समुद्री उद्योगलाई चिनियाँ जासुसहरुले निशाना बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार शाङ्ग्री–ला संवादको साइडलाइनमा मन्त्री ब्रेकेल्मान्सलाई यसबारे सोधिएको थियो । जवाफमा उनले चिनियाँ जासुसी गतिविधि अझै चलिरहेको र चीनबाट साइबर जोखिम पनि बढिरहेको बताएका थिए ।

चिनियाँ गतिविधि अझै बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

यसबारे चिनियाँ विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको रोयटर्सले उल्लेख गरेको छ । चीनले यस्ता आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ४१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका