‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान, किसान भन्छन्- बिउको पैसै नउठ्ने भयो खेतालालाई के दिने  « Khabarhub

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान, किसान भन्छन्- बिउको पैसै नउठ्ने भयो खेतालालाई के दिने 


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

झापा– शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए । 

धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् ।

‘लहलह धानका बाला झुल्न थालेको थियो,’ एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, ‘एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो ।’

उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताइन् । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ । 

धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन् । ‘धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ,’ किसान सुशीला काफ्ले भनिन् । 

नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए । किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको उनले बताए।

उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए । माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्न सके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ । –रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल