बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू « Khabarhub

बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मार्तडी- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि आवश्यक कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा निर्माणको शिलान्यास गरे ।

शिलान्यास समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, समाजसेवीहरू र स्थानीय समुदायका सदस्यहरू उपस्थित थिए ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत ३.१४१ करोडको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो ।

वितरण डेस्क, रेकर्ड रुम तथा अन्य आवश्यक संरचनासहित यो कृषि प्रवद्र्धन केन्द्र अन्न भण्डारण तथा वितरणको केन्द्रको रूपमा विकास गरिने जनाइएको छ ।

परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन हुने छ ।

गाउँपालिका अध्यक्षसहित राजनीतिक तथा सामुदायिक प्रतिनिधिहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै उक्त पूर्वाधारले हिमाली क्षेत्रका कृषकहरूलाई उत्पादन सङ्कलन र भण्डारणमा ठुलो सहायता पुग्ने विश्वास व्यक्त गरे ।

उनीहरूले नयाँ संरचनाले खाद्यान्न दीर्घकालीन भण्डारण गर्न सकिने भएकाले यसले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ, जसमा ४९५ परियोजना सम्पन्न भइसकेका छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ परियोजना सञ्चालन भइरहेका छन्, जसमा बाजुराका २ परियोजना पनि समावेश छन् ।

यस्तै, भारत सरकारले नेपालभरिका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ। सुदूरपश्चिममा ७० एम्बुलेन्स र २७ स्कुल बस वितरण गरिएकोमा बाजुरामा ३ एम्बुलेन्स र १ स्कुल बस उपलब्ध गराइएको छ ।

नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउँदै आएका यस्ता परियोजनाहरूले नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने र जनजीवनमा सकारात्मक प्रभाव पार्ने भारतीय दूतावासले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : ५९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्