नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ « Khabarhub

नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी छ । आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको छ ।

नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेका छन् । तर उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको छ ।

नारायण चौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको छ । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरे।

उनले आफूहरू स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको क्षेत्रमा नजाने बताएका छन् । तर प्रहरीले बल प्रयोग गर्न खोजेमा प्रतिकारमा उत्रिने चेतावनी उनले दिएका छन् ।

उनले आइतबार निषेधित क्षेत्र तोड्ने योजना नबनाएको बताउँदै नियन्त्रण गर्न खोजिए प्रतिकार गर्ने उल्लेख गरे । ‘हामीलाई तपाईंहरूले नियन्त्रण यता जानु, उता नजानु भन्ने हो भने हामी प्रतिकार थाल्छौँ ।’

उनले आफूहरू कुनै किसिमको मुठभेटको पक्षमा नरहेको पनि बताएका छन् । उनले निषेधित क्षेत्र नतोडे पनि त्यस क्षेत्रसम्म आफूहरूलाई जान दिनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ०६ बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव