नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ « Khabarhub

नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी छ । आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको छ ।

नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेका छन् । तर उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको छ ।

नारायण चौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको छ । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरे।

उनले आफूहरू स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको क्षेत्रमा नजाने बताएका छन् । तर प्रहरीले बल प्रयोग गर्न खोजेमा प्रतिकारमा उत्रिने चेतावनी उनले दिएका छन् ।

उनले आइतबार निषेधित क्षेत्र तोड्ने योजना नबनाएको बताउँदै नियन्त्रण गर्न खोजिए प्रतिकार गर्ने उल्लेख गरे । ‘हामीलाई तपाईंहरूले नियन्त्रण यता जानु, उता नजानु भन्ने हो भने हामी प्रतिकार थाल्छौँ ।’

उनले आफूहरू कुनै किसिमको मुठभेटको पक्षमा नरहेको पनि बताएका छन् । उनले निषेधित क्षेत्र नतोडे पनि त्यस क्षेत्रसम्म आफूहरूलाई जान दिनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ०६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक