सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार « Khabarhub

सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा सबैभन्दा बढी वनक्षेत्र रहेको राप्तीसोनारी गाउँपालिकाले सामुदायिक वन व्यवस्थापनका लागि सरोकार भएकासँग छलफल गरेको छ ।  

सामुदायिक वन ऐनलाई कार्यान्वयन गर्ने उद्देश्यले पहिलो चरणमा कार्यविधिको मस्यौदामाथि गाउँपालिकामा सरोकार भएका निकायबीच छलफल गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए । 

‘वन व्यवस्थापनका लागि गाउँपालिकाले ऐन ल्याइसकेको छ, त्यसको कार्यान्वयनका लागि कार्यविधि बनाउन लागिएको हो’, उनले भने, ‘गाउँपालिकाभित्र रहेका वनक्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा टेवा पुर्‍याउन वन ऐनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

कार्यविधिमा वन संरक्षणको विषयका साथै वन र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र राहतको विषयलाई छलफलबाट निष्कर्ष निकालिने अध्यक्ष पौडेलले उल्लेख गरे । 

प्रारम्भिक मस्यौदामाथि सरोकार भएकाबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको सहजकर्ता रामबहादुर भण्डारीले बताए । स्थानीय जनप्रतिनिधि, वनसँग सम्बद्ध राख्ने निकायका प्रतिनिधिले महत्त्वपूर्ण सुझाव दिएसँगै मस्यौदालाई अन्तिम रूप दिँदा ती सुझाव थपिने उनले उल्लेख गरे ।

‘वन व्यवस्थापनका सम्बन्धमा गाउँपालिकाको ‘सामुदायिक वन व्यवस्थापन कार्यविधि’ निर्माणका लागि महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्’, उनले भने, ‘प्राप्त सुझावलाई समेटेर गाउँपालिकावासीको हित हुने गरी कार्यविधिलाई अन्तिम रूप दिइनेछ ।’

कार्यविधि बनाउँदा कम्तीमा उपभोक्ताको हितलाई ध्यान दिने उद्देश्यले सरोकार भएकाको सुझाव लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी–१, ३ र ४ मा सिक्टा सवडिभिजन वन कार्यालय मातहतमा २०, राप्तीसोनारी–५, ६ र ७ मा राप्ती सवडिभिजन वन कार्यालय मातहतमा १५ र राप्तीसोनारी–२, ८ र ९ मा शम्शेरगञ्ज सवडिभिजन वन कार्यालय मातहतमा १९ गरी ५४ सामुदायिक वन उपभोक्ता समूह छन् । 
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ३६ बजे

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म