नारायण चौरमा राजावादी-प्रहरी घम्साघम्सी (तस्बिरहरू) | Khabarhub Khabarhub

नारायण चौरमा राजावादी-प्रहरी घम्साघम्सी (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन तेस्रो दिनमा पुग्दा आइतबार काठमाडौंको नारायण चौरमा प्रहरीसँग झडप भएको छ।

राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस निकालिएको थियो। जुलुस निषेधित क्षेत्र रहेको बालुवाटारतिर अघि बढ्दा प्रहरीले रोक्ने क्रममा झडप भएको हो । त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ ।

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपका क्रममा झडप भएको हो ।

थापा पूर्वगृहमन्त्रीसमेत हुन् । नारायण चौरमा प्रहरीसँग राजावादीको धकेलाधकेलपछि झडप भएको हो । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ४८ बजे

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको