लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ « Khabarhub

लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आइबार नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन्।

नारायण चौरमा राजसंस्था पुनर्स्थापना मागसहित भएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष थापालाई लगेपछि लिङ्देनले त्यहीँ सम्बोधनका क्रममा यसो भनेका हुन् ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। हामी देशभरबाट साथीभाइ बोलाएर खास लडाइँ भोलिबाट सुरु गर्छौँ’, उनले भने ।

लिङ्देनले अब राजावादीहरू उपत्याकको एक ठाउँबाट नभई अनेकौँ ठाउँबाट जुलुससहित निस्किने बताउँदै सरकारलाई रोकेर देखाउन चुनौती दिएका छन् ।

राप्रपा, राप्रपा नेपालसहित राजावादी दलहरू र अन्य संगठनहरू मिलेर राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित जेठ १५ बाट नयाँ चरणको आन्दोलन थालेका छन् । राजावादीहरूले यो आन्दोलन निर्णायक हुने जिकिर गरेका छन् ।

आइतबार प्रदर्शनकारीहरू नक्साल र बालुवाटार क्षेत्रमा पुगे । तर त्यहाँ निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गरेको छ ।

अध्यक्ष थापा प्रदर्शनकारीलाई लिएर निषेधित क्षेत्र तोकिएको बालुवाटारतर्फ अघि बढ्न थालेपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ५७ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका