लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ « Khabarhub

लिङ्देनको चेतावनी- कमल थापालाई नछाडे सोमबारदेखि उपत्यका ठप्प पार्छौँ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आइबार नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन्।

नारायण चौरमा राजसंस्था पुनर्स्थापना मागसहित भएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष थापालाई लगेपछि लिङ्देनले त्यहीँ सम्बोधनका क्रममा यसो भनेका हुन् ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। हामी देशभरबाट साथीभाइ बोलाएर खास लडाइँ भोलिबाट सुरु गर्छौँ’, उनले भने ।

लिङ्देनले अब राजावादीहरू उपत्याकको एक ठाउँबाट नभई अनेकौँ ठाउँबाट जुलुससहित निस्किने बताउँदै सरकारलाई रोकेर देखाउन चुनौती दिएका छन् ।

राप्रपा, राप्रपा नेपालसहित राजावादी दलहरू र अन्य संगठनहरू मिलेर राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित जेठ १५ बाट नयाँ चरणको आन्दोलन थालेका छन् । राजावादीहरूले यो आन्दोलन निर्णायक हुने जिकिर गरेका छन् ।

आइतबार प्रदर्शनकारीहरू नक्साल र बालुवाटार क्षेत्रमा पुगे । तर त्यहाँ निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गरेको छ ।

अध्यक्ष थापा प्रदर्शनकारीलाई लिएर निषेधित क्षेत्र तोकिएको बालुवाटारतर्फ अघि बढ्न थालेपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ५७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल