राइड शेयरिङ नियमावलीविरुद्ध सोमबारदेखि यातायात नचलाउने घोषणा « Khabarhub

राइड शेयरिङ नियमावलीविरुद्ध सोमबारदेखि यातायात नचलाउने घोषणा


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले ल्याएको राईड शेयरिङ्ग नियमावली २०८२ विरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२ काठमाडौंले सोमबारदेखि यातायात नचलाई आन्दोलनमा उत्रिने भएको छ । 

यातायातको व्यवसायीको ४ वटा महासंघ र ४ वटै मजदुर संघ, संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । 

संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी राईडर शेयरिङ्क नियमावली ल्याएको यातायात व्यवसायीको आरोप छ । 

निजी प्रयोजनको लागी खरिद गरिएका पुराना १० बर्से २ पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्ने गरी नियमावली गण्डकी सरकारले ल्याएको यातायात व्यवसायीको भनाई छ । सो विषयमा सरकारलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदा समेत वास्ता नगरेकाले आन्दोलनमा उत्रिएको ८ संगठनको भनाई छ । 

आन्दोलनबाट पर्ने गएको असर सरकारले जिम्मेवारी लिनुपर्ने संघ सगठनको भनाई छ । 

‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भई हाम्रा सवारी साधन मिति सोमबारदेखी घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएकोले यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने’, विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ९ : १६ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए