कर्णालीका यातायात व्यवसायीले पनि गरे आन्दोलनको घोषणा « Khabarhub

कर्णालीका यातायात व्यवसायीले पनि गरे आन्दोलनको घोषणा


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका यातायात व्यवसायीले भोली सोमबारदेखि आन्दोलन गर्ने भएका छन् । निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी देशका सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका हुन् ।

सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले बताए ।

‘गण्डकी प्रदेश सरकारले ल्याएको जुन विधेयक छ । त्यो खारेज गरिनुपर्छ,’ उनले भने,‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितका छैन ।’

संघीय सवारी ऐन २०४९ को विपरीत भएको र सबै प्रदेशहरूले यस्तै कानुन बनाएको अवस्थामा सार्वजनिक यातायात क्षेत्र नै धरापमा पर्ने संयोजक सापकोटाले बताए ।

‘संघीय ऐनसँग बाझिने गरी छुट्टै नियमावली ल्याउन हुँदैन,’ उनले भने,‘त्यसको खारेजी नभए १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन हुँदैनन् ।’

यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितिले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : २२ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको