अर्थसंक्षेप : मधेसका ६४ सडकको एकसाथ शिलान्यास, ट्रिपिङ समस्याबारे हितेन्द्रको यस्तो रणनीति र कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिनापछि फरार तत्कालीन सञ्चालक राय पक्राउ | Khabarhub Khabarhub

अर्थसंक्षेप : मधेसका ६४ सडकको एकसाथ शिलान्यास, ट्रिपिङ समस्याबारे हितेन्द्रको यस्तो रणनीति र कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिनापछि फरार तत्कालीन सञ्चालक राय पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीले गरे एकैपटक मधेसका ६४ सडक योजनाको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकै पटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् ।

यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ ।

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली

मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली

बजेटमा शेयर बजार : अर्थमा अड्किएको नेप्सेको पुनर्संरचनादेखि एनआरएन भित्र्याउनेसम्म

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरे । पौडेलले बजेटमा ४२८ वटा बुँदाहरू समेट्दा शेयर बजारका लागि भने ५ बुँदा छुट्याए ।

शेयर लगानीकर्ताले पनि बजेटको खुलेरै स्वागत गरेका छन् । तर कार्यान्वयन हुने पक्षमा भने लगानीकर्ताको आशङ्का छ ।

बजेटमा दोहोरिएको नेप्सेको पुनर्संरचना

सरकारले विगतका वर्षदेखि नै दोहोर्‍याउँदै ल्याएको विषय हो– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना । बजेटमा यसपाली यो विषय फेरि आएको छ । अर्थमन्त्री पौडेलले बिहीबार प्रस्तुत गरेको बजेटको ३२२ नम्बर बुँदामा नेप्सेको पुनर्संरचनाको विषय आएको छ ।

देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन !

बिहीबार सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । केही वर्ष अगाडीसम्म बजेट सार्वजनिक हुँदा आम नागरिकमा निकै हर्षोल्लास छाउँथ्यो । किनभने बजेटले सामान्य नागरिकको लागि केही नयाँ कार्यक्रम लिएर आउँथ्यो । तर पछिल्लो समय बजेटले आम नागरिकलाई खुसी बनाउन सकेको छैन ।

अघिल्ला आर्थिक वर्षहरू जस्तै सरकारले यस वर्ष पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याएको छ । गत आर्थिक वर्षको तुलनामा केही बढी रकम प्राप्त गरे पनि आधा प्रतिशत जनसंख्या रहेको महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत सबैको अभिभावकत्व गर्नुपर्ने मन्त्रालयले सबैभन्दा कम बजेट पाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालयले २ अर्ब ८ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । यस मन्त्रालयको लागि यो बजेट एकदमै अपर्याप्त छ । आर्थिक वर्ष २०८१÷८२ मा यस मन्त्रालयले १ अर्ब ६० करोड रकम प्राप्त गरेको थियो । गत वर्षको तुलनामा ३२ करोड रुपैयाँ मात्रै बजेट बढेर आएको छ । तर महङ्गीको ग्राफलाई नियाल्ने हो भने यो बजेट बढेको होइन ।

८० लाखमा निर्मित कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

‘प्राधिकरणको प्रणाली बलियो छ, तर मेरो नियन्त्रणमा आउन सकेन’

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शनिबार १२ जना पत्रकारलाई गोप्य निमन्त्रणा गरेर ललितपुरको हिमालयन होटेलमा ब्रेकफास्ट खुवाए ।

सहभागी एक पत्रकारकाअनुसार समाचार नलेख्ने र छलफल मात्रै गर्नेगरी उक्त ब्रेकफास्ट भेटघाट आयोजना गरिएको थियो । जहाँ प्राधिकरणका प्रवक्ता राजन ढकाल र प्रबन्ध निर्देशक शाक्यको सचिवालयका नारायण अर्याल पनि सहभागी थिए ।

ब्रेकफास्टका लागि पत्रकारलाई शुक्रबार खबर गरेर शनिबार बिहान ८ बजे नै बोलाइएको थियो । ‘प्रवक्ता ढकाल बोलाएका पत्रकारको नामवाली प्रिन्ट नै गरी हातमा लिएर बसेका थिए’, सहभागी एक पत्रकारले बोलाए ।

ब्रेकफास्टमा के भने शाक्यले ?

कांग्रेस–एमालेको संयुक्त सरकार निर्माणसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङबीचमा अन्तरविरोध सुरू भएको थियो । जसमा त्यसबेला पत्रकारहरू पनि विभाजित भएका थिए ।

ट्रिपिङ समस्या समाधानमा हितेन्द्रको रणनीति, ऊर्जा सुरक्षाका लागि ‘पम्प स्टोरेज’

बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा

कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

उक्त बैंकका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

उक्त पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहँदा उक्त बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार थिएओ ।

लामो समयदेखि फरार उनलाई ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियापक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : १८ बजे

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं – आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको

‘नक्कली प्रचण्ड’ बनेका हास्यकलाकार गौतमको निधन

काठमाडौं – ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

काठमाडौं – सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल