फेवाको साँधमा गाडियो थप आठ पोल « Khabarhub

फेवाको साँधमा गाडियो थप आठ पोल


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा-सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ । आइतबार दोस्रो तालको सीमा क्षेत्रमा थप आठवटा सीमा स्तम्भहरू गाडिएका छन् । रत्नमन्दिर र हिमागृह परिसरमा सीमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले बताए ।  

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको संयुक्त पहलमा १८ महिना लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो । 

शनिबार ७ वटा पिल्लरहरु गाडिएका थिए । सीमा स्तम्भ गाड्ने कार्यको नेतृत्व पोखरा महानगरपालिकाले गरिरहेको छ । फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको निर्णयानुसार तालको ताल घरमा सीमा स्तम्भहरू गाड्न सुरु गरिएको हो । 

तालको चार किल्ला क्षेत्रमा १ हजार ५५ वटा सीमा स्तम्भहरू गाडिने छन् । त्यसपछिको चरणमा ताल क्षेत्रमा पर्ने जग्गाको अवस्थाका बारेमा थप अध्ययन गरिने र मुआब्जा दिनु पर्ने वा नपर्ने भन्ने विषयको यकिन गरिने नगर प्रमुख धनराज आचार्यले बताए । यसरी चरणबद्ध रूपमा ५६ मिटरको क्षेत्र खाली गर्ने कामहरू हुने उनको भनाइ थियो । 

पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ । सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किलोमिटर (१४ हजार ९७० रोपनी ५ आना २ दाम) हुन आउँछ ।

स्थानीयसँग समन्वय नै नगरी निजी जग्गामा पोल गाडेको भन्दै मुख्यमन्त्री र मेयरको विरोध पनि भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २४ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको