डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित | Khabarhub Khabarhub

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वोत्कृष्ट भयो ।

प्रतियोगितामा पुरुषतर्फ बाराही डुङ्गा घाट र स्विमिङ पुल घाट क्रमशः दोस्रो र तेस्रो बन्दा फिस्टेल घाटको समूह सान्त्वना भयो । 

महिलातर्फ गौरीघाट, पहारीघाट र जलारी दिदीबहिनी समूह क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने । महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवर्द्धनका लागि फेवातालको संरक्षण अपरिहार्य भएकोमा जोड दिए । 

उनले शनिबारबाट फेवाको सीमामा पोल गाड्न थालिएको स्मरण गर्दै योजनाबद्ध रूपमा तालको संरक्षण गरिने उल्लेख गरे । भने, ‘फेवाताल यहाँको मुख्य पर्यटकीय स्थल हो, यसको संरक्षणमा तीन तहकै सरकार मिलेर काम हुन्छ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख पहिचान भएको जनाए । उनले यसको संरक्षण र सौन्दर्यीकरणमा महानगरले यथोचित ध्यान दिएको उल्लेख गरे ।

फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले तालको महत्त्व बुझाउँदै भावी योजना बनाउन प्रतियोगिताले सघाउने उल्लेख गरे । 

‘फेवातालको सौन्दर्य र यहाँ हुन सक्ने भवितव्य दुवैबारे सरोकारवाला जानकार बन्नु आवश्यक छ । त्यसैका लागि प्रतियोगिता आयोजना गरिएको हो । यसले यहाँको पर्यटन प्रवर्धनमा पनि सघाउँछ,’ उनले भने । 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालको देश, विदेशका प्रचार र प्रवर्धन गर्न प्रतियोगिता सहायक हुने बताए । फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आबद्ध सात सय १२ डुङ्गा छन् । बेला बेलामा हेलचेक्र्याइँ र भवितव्यका कारण तालमा दुर्घटनासमेत हुने गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ३३ बजे

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी