भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ « Khabarhub

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको शिवसेना पार्टीका सांसद श्रीकान्त शिन्देले पाकिस्तानको चर्को आलोचना गरेका छन् ।

भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ बारे विश्वलाई जानकारी दिन हाल उनी अफ्रिकी महादेशको भ्रमणमा छन् ।

अफ्रिकाको कङ्गोमा रहँदा उनले विश्वभर भारतले प्रतिभावान जनशक्ति र प्रविधिको निर्यात गरिरहेकोमा पाकिस्तानले भने आतंकवादको निर्यात गर्दै आएको टिप्पणी गरे । उनले भारतले व्यापारिक करिडोर निर्माण गरेको र त्यसको विपरीत पाकिस्तानले भने आतंककारी करिडोर निर्माण गरिरहेको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार कङ्गोमा रहँदा शिन्दे नेतृत्वको भारतीय सांसदहरुको टोलीले त्यहाँका राजनीतिक दलका नेताहरुसँग छलफल गरेका थिए ।

कङ्गोली राजनीतिक दलका नेताहरुले शिन्दे नेतृत्वको भारतीय प्रतिनिधिमण्डललाई आतंकवादविरुद्ध ऐक्यबद्धता जाहेर गरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ५२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि