भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ « Khabarhub

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको शिवसेना पार्टीका सांसद श्रीकान्त शिन्देले पाकिस्तानको चर्को आलोचना गरेका छन् ।

भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ बारे विश्वलाई जानकारी दिन हाल उनी अफ्रिकी महादेशको भ्रमणमा छन् ।

अफ्रिकाको कङ्गोमा रहँदा उनले विश्वभर भारतले प्रतिभावान जनशक्ति र प्रविधिको निर्यात गरिरहेकोमा पाकिस्तानले भने आतंकवादको निर्यात गर्दै आएको टिप्पणी गरे । उनले भारतले व्यापारिक करिडोर निर्माण गरेको र त्यसको विपरीत पाकिस्तानले भने आतंककारी करिडोर निर्माण गरिरहेको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार कङ्गोमा रहँदा शिन्दे नेतृत्वको भारतीय सांसदहरुको टोलीले त्यहाँका राजनीतिक दलका नेताहरुसँग छलफल गरेका थिए ।

कङ्गोली राजनीतिक दलका नेताहरुले शिन्दे नेतृत्वको भारतीय प्रतिनिधिमण्डललाई आतंकवादविरुद्ध ऐक्यबद्धता जाहेर गरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ५२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र