भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने « Khabarhub

भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने भएको छ । भारतीय समाचार च्यानल जी न्यूजका अनुसार भारतीय रक्षा कम्पनीले इजरायलसँग महत्वपूर्ण सम्झौता गरेको छ ।

यससँगै भारतले इजरायललाई अत्याधुनिक रकेट लन्चर प्रणाली निर्यात गर्नेछ । उक्त सम्झौताबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।

उक्त सम्झौता १ हजार ४ सय करोड भारतीय रुपैयाँ बराबरको रहेको जी न्यूजले उल्लेख गरेको छ । भारतीय संस्थाले इजरायललाई निर्यात गर्ने रकेट लन्चर प्रणालीको मारक दूरी ३ सय किलोमिटरसम्म रहेको जनाइएको छ ।

पछिल्ला केही वर्षयता भारतबाट सैन्य उपकरण एवम् हतियार प्रणालीको निर्यात बढ्दै गएको छ । सन् २०१३–१४ मा भारतले हतियार एवम् रक्षा उपकरणको निर्यातबाट ६ सय ८६ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो । त्यसको १० वर्षपछि अर्थात् सन् २०२३–२४ मा यो बढेर २३ हजार ६ सय २२ करोड भारतीय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १२ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया