क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन् « Khabarhub

क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन्


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने हास्य कलाकार घनश्याम गौतमलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग गर्छु भनि धोका दिएको आरोप लागेको छ ।

गौतमको आधिकारिक फेसबुक पेजमार्फत उनकी श्रीमतीले सार्वजनिक गरेको स्टाटसमा सहयोग गर्छु भनेर प्रचण्डले आश्वासन दिएपनि सहयोग नगरेको उल्लेख गरिएको छ ।

फेसबुकमा लेखिएको छ, ‘क्यान्सर लागेर थलिएको मान्छेलाई झुठो आसा देखाएर वचन दिएर हिड्नु भयो । अलि कति पनि दया लागेन तपाईलाई ? वचन दिंदै गर्दा कहि कतै तपाईलाई आफ्नो छोराको याद आएन ? यस्तो अवस्थाको बिरामीसँग त झुठो वचन दिएर हिड्नेसँग के जनताले,तपाईंमाथि आशा र बिश्वास गर्न उचित हुन्छ ? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु । क्यान्सर पिडित मेरो श्रीमानलाई दिएको वचन पूरा गर्नुस् । काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर अस्पतालको बेडमा पिडाले छट्पटाई रहनु भएको छ ।’

डेढ वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित उनी अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित छन् । अस्पतालमै रहेकी श्रीमती युगज्योतिका अनुसार घनश्यामले मानसिक सन्तुलनसमेत गुमाएका छन् ।

‘प्रचण्ड’को नक्कल गरेर दर्शकलाई हँसाउने गौतमको यो हविगतले जोकोहीलाई रुवाउँछ । कुनै बेला उनी काठमाडौं भन्दा बाहिरी जिल्लामा हुने स्टेज शोमा व्यस्त भइरहन्थे । तर, स्टेज शो र कार्यक्रममा व्यस्त उनलाई २०८० असारमा समस्या देखियो । दिसा बस्दा रगत देखिएपछि पायल्स ठानेर आयुर्वेदिक उपचारतर्फ लागे । तर निको भएन । त्यसपछि केएमसी अस्पतालमै चेकजाँच गराउँदा ठूलो आन्द्रामा ट्युमर पत्ता लाग्यो । उक्त ट्युमर क्यान्सरमा परिणत भइसकेको थियो ।

याे पनि…

‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ५९ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको