कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै « Khabarhub

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना रिहा भएका छन् । आइतबार दिउँसो पक्राउ परेका एक जनाबाहेक अन्य सात जनालाई छाडिएको प्रहरीले जानकारी दियो ।

प्रहरीका अनुसार हिरासतमै रहेका एक जनामाथि भने अनुसन्धान जारी छ । निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नारायणचौरबाट अध्यक्ष थापासहितलाई पक्राउ गरेको थियो । सांसद सिंह भने थापालाई भेट्न जाने क्रममा पक्राउ परेका थिए ।

याे पनि…

कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ९ : ३९ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित