रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो मच्छिन्द्रनाथको मूर्तिलाई ओरालेर पानेजूहरूले पाल्कीमा बोकी भक्तजनहरूको साथमा बुङगमतीस्थित मूल मन्दिरतर्फ फर्काइएको छ । नक्खु पुल पार गरेपछि बुङगमतीका स्थानीयले हर्ष र उल्लासका साथ पराल बाल्दै देवतालाई उज्यालो देखाएर स्वागत गरेका छन्।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको जनबहालस्थित मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै मूर्तिलाई पुनः मन्दिरमा पुनर्स्थापित गरिएको छ। मन्दिर पुनर्निर्माण कार्य सुरु गर्नुअघि मूर्तिलाई नजिकैको अस्थायी स्थानमा सारिएको थियो।

१० वर्षपछि आफ्नै मन्दिरमा देवतालाई पुनर्स्थापना गर्न पाउँदा बुङ्‍गमतीबासी हर्षित छन्।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना