‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब « Khabarhub

‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा परेका छन् । समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी निजामती कर्मचारी विधेकयमा घुसाएको भन्दै खतिवडाको चर्को आलोचना भइरहेको छ।

निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति संसदीय समितिमा भएको थियो । तर संसद्मा पुगेको विधेयकमा त्यसलाई नराखी पारित गरिएको रहस्य खुलेपछि खतिवडाको बदनियत बाहिरिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको ‘कुलिङ पिरियड’ संसद्मा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले हटाएको खुलेपछि कारबाहीको माग गरिएको हो ।

यो बदमासीलाई लिएर खतिवडाले समिति सभापतिबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव दुवैले विधेयकमा ‘बाहेक’ शब्द घुसाएर बदमासी गरेको भन्दै यसको जिम्मेवारी उनीहरूले लिनुपर्ने आवाज सांसदहरूले उठाएका हुन् ।

नेकपा एमालेका सांसद सू्र्यबहादुर थापा क्षत्रीले यसमा कडा आपत्ति जनाएका छन् । ‘यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुनसक्दैन’, उनले भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखियो । सार्वभौम संसद् र जननिर्वाचित सांसदहरूले छलफलबाट पारित गरेको कानुनमा कसले के कैफियत गर्‍यो? यो गम्भीर विषयय भएको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदहरूलाई झुक्काएर ‘कुलिङ पिरियड’ नराखिएको पाइएकाले यसको जिम्मेवारी लिएर समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् ।

‘कुलिङ पिरियड’ राख्ने सहमतिविपरीत कार्य गरेकाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजिनामा दिनुपर्ने उनले बताएका छन् ।

राज्य व्यवस्था समितिमा राखिएको ‘कुलिङ पिरियड’ संसद्मा विधेयक प्रतिवेदन लैजाँदा सभापति खतिवडाले हटाएर पास समेत गराएको भन्दै सांसद झाले उनको राजीनामा माग गरेका हुन् ।

‘राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाज्यु, निजामती विधेयकमा, तपाईंले सङ्घीय सदनको रोस्टमबाट टेबल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन्, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकारेर समितिबाट राजीनामा दिनुस्।’

उनले विधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक ब्यंग्य गरेका छन् ।‘र, पढ्दै नपढेर ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने (सांसद) हरूलाई ‘कुरी कुरी !’, उनले भनेका छन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा राजीनामा माग गरिरहेको छ । अब उसले राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाको पनि राजीनामा माग गर्ने तयारी गरेको छ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि खतिवडाको बदमासीलाई उनको नामै नलिई आलोना गरेका छन् । कोइरालाले खतिवडाको नाम नलिई ‘कुलिङ पिरियड’ हटाउने कुरामा आपत्ति जनाएका छन् ।

‘सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनताप्रतिको घोरअपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ उनले भनेका छन, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा लैजाऊँ ।’

उनले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन भन्नेमा आफू दृढ रहेको बताएका छन् ।

उता खतिवडाले प्रतिनिधिसभावाट पास भएको उक्त विधेयक राष्ट्रियसभावाट सच्चाउन सकिने जिकिर गरिरहेका छन् । उनले यसमा जसले बदमासी गरेको भए पनि कारबाही हुनुपर्ने बताए ।

‘यसमा जसले बदमासी गरेको भए पनि कारबाही हुनुपर्छ । यो कार्यपालिकाले व्यवस्थापिकाको अपमान गरेको भयो’, उनले भने, ‘मैमाथि पनि छानबिन होस् । यसलाई फेरि सच्याएर लैजानुपर्छ भन्ने मेरो पनि मत छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : १२ बजे

पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश

किएभ- प्रधानमन्त्री पदबाट सोमबार औपचारिक रूपमा बाहिरिनुअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मर अन्तिम

शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत

फिल्म ‘आकाश वर्षा’ बनाउँदै जनक

काठमाडौं – निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश धर्ती’ बनाउने

श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले