सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई « Khabarhub

सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गृह मन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलबार गृह मन्त्रालय पुगेर गायिकाद्वयले गृहमन्त्री लेखकसँग भेटेका हुन् । उनीहरूले लेखकसँग आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन् ।

पछिल्लो समयमा आफूहरूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गरिरहेका उनीहरूले गृहमन्त्रीसँग समस्या राखेका हुन् ।

गायिक चौहानले भेटपछि लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता भइरहन्छन्, त्यो सह्य हुँदैन।’

उनले जसले यस्ता कुरा गरिरहेका छन्, ती आफ्ना फ्यान नभएका पनि बताएकी छन् । ‘ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो’, उनले भनेकी छन् ।

यस विषयमा आवश्यक सहयोग गरेकामा गृहमन्त्री लेखकज्यूलाई उनले धन्यवाद दिएकी छन् । ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ’, उनले भनेकी छन् ।  

उनले सोमबार मात्रै नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’विरूद्द उजुरी गरेको जानकारी अर्की गायिका एलिना चौहानले दिएकी छन् । उनले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छन् । 

उनीहरूले सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने र अश्लील गाली गलौज गर्नेविरुद्ध कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ०४ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा