विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी « Khabarhub

विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको छेडखानीबारे नेपाली कांग्रेसलाई जानकारी गराएका छन् । 

ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले केन्द्रीय सदस्यका हैसियतमा बोल्दै विधेयकमा संसदीय समितिबाट सर्वसम्मत व्यवस्था गरिएको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीबारे जानकारी गराएका हुन् । 

खतिवडाले बैठकमा समितिले ‘कुलिङ पिरियड’ राख्न समितिले गरेको सर्वसम्मत निर्णय र छेडखानी पछि गरिरहेको कामबारे जानकारी दिए । उनले मंगलबारमात्रै समितिले सभामुख देवराज घिमिरेलाई समिति गठन गरेर छानबिन गर्न आग्रह गरेको पनि बताए । 

उनले विधेयकमा भएको छेडखानीबारे विज्ञप्ति जारी गर्नका लागि आफूले पार्टीसमक्ष अनुमति मागेको बैठकलाई जानकारी गराए । सभापति खतिवडाले बैठकमा आफूले जारी गर्न गइरहेको विज्ञप्तिमा खाका पढेर पनि सुनाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०३ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख