निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग « Khabarhub

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा भएको छेडखानीको छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई आग्रह पनि गरेका छन् । 

‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो । यो सामान्य अवस्था होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा छानविनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’

सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिले लामो समयको छलफलपछि सर्वसम्मतिले पारित गरेका विषय भएकाले ‘कुलिङ अफ पिरियड’ बारे  सबैको ध्यानाकृष्ट गर्न चाहेको पनि उल्लेख गरेका छन् । 

विज्ञप्ति जारी गर्नुअघि उनले ‘कुलिङ अफ पिरियड’ बारे केन्द्रीय कार्यसमिति बैठकमा पार्टीलाई औपचारिक रूपमा जानकारी गराएका थिए । खतिवडाले बैठकमा आफूले विधेयकमा भएको छेडखानीबारे विज्ञप्ति जारी गर्न लागेको भन्दै अनुमतिसमेत मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : १० बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ