३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो « Khabarhub

३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको एक जोडीले ३० वर्ष भन्दा बढी समय फ्रिजमा राखिएको भ्रूणबाट सन्तानलाई जन्म दिएका छन्। ३५ वर्षीय लिन्डसे तथा ३४ वर्षीय टिम पियर्सले छोरा डानियल थियोडर्स पियर्सलाई जन्म दिएका हुन्। सुरक्षित भ्रूणबाट उनीहरुले एमआईटी प्रविधिको सहयोगमा बच्चालाई जन्म दिएका हुन्। यस भन्दा अघि सन् २०२२ मा सन् १९९२ देखि फ्रिजमा राखिएको भ्रूणबाट जुम्ल्याहाको जन्म भएको थियो।

बच्चाको लागि सात वर्ष प्रयास गरेर असफल भएपछि पियर्सले सन् १९९४ देखि राखिएको ६२ वर्षीय लिन्डा अर्चेन्टको भ्रूणलाई स्वीकार गर्ने निर्णय गरेकी हुन्। अर्चेन्टले तत्कालीन श्रीमानसँग मिलेर चार भ्रूण उत्पादन गरेकी थिइन्। एउटा भ्रूणबाट जन्मिएकी छोरी अहिले ३० वर्षकी भइसकेकी छिन्।

अन्य तीन भ्रूण फ्रिजमा नै राखिएको छ। श्रीमानसँग भिन्न भएपछि अर्चेन्टले यसलाई अध्ययन र अनुसन्धानका लागि राख्ने तथा अन्य परिवारका लागि दिने निर्णय गरेकी हुन्। अर्चेन्टले विभिन्न निकाय मार्फत सन्तान नभएका दम्पत्तीलाई सो भ्रूण प्रदान गर्ने निर्णय गरेकी हुन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : ४० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा