मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस् « Khabarhub

मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

हैटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वािचत नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई हठ त्यागेर राजीनामा दिन भनेका छन् ।

संसदीय दलको निर्वाचनबाट विश्वास गुमाइसकेको अवसथामा अब लामाले हठ त्यागेर राजीनामा दिनुपर्ने बानियाँले बताएका हुन् । शुक्रबार) बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बानियाँले मुख्यमन्त्री लामालाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरिदिन भनेका हुन् ।

‘उहाँ (बहादुरसिंह लामा) ले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएको अवस्थामा नैतिकताका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्छ,’ बानियाँले अगाडि थपे ।

बानियाँको नेतृत्वमा २१ सांसदहरूले तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव पारित भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए ।

कांग्रेसका जम्मा ३७ सांसदमध्ये २२ जनाले बानियाँको पक्षमा मतदान गरेका थिए । जसमा १४ जनाले तामाङलाई मतदान गरेका थिए । एक मत बदर भएको निर्वाचन समितिले जनाएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ३४ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै