सामाजिक सञ्जालमा प्रचार भइरहेका औषधीहरूको बिक्री-वितरण रोक्न विभागको निर्देशन | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा प्रचार भइरहेका औषधीहरूको बिक्री-वितरण रोक्न विभागको निर्देशन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकीय प्रमाण बिनै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा प्रचारित केही औषधिजन्य वस्तुको बिक्री-वितरण तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । 

विभागले ती उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्ने भन्दै औषधिको नाम र तस्बिरसहित सार्वजनिक सूचना जारी गरी तत्काल रोक्न निर्देशन दिएको हो । फेसबुक, टिकटक, युट्युब लगायतका माध्यममा थाइराइड, प्रोस्टेट, सुगर, युरिक एसिड, मोटोपन, यौनशक्ति वृद्धि, जाँड रक्सी छुटाउने तथा क्यान्सरजस्ता गम्भीर रोगसम्बन्धी औषधि पूर्ण रूपमा निको पार्ने दावी गर्दै पौरुष हेल्थ जीवन, पौरुष जीवन, डिफ्यूजल –एल, कायाप्लस, १०० हर्स पावर,  ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल, जिमनेमा सिलभेस्ट्रे क्याप्सुल, बूजी नाम गरेका औषधीहरूको प्रचार भइरहेकामा विभागले गम्भीर चासो व्यक्त गरेको छ ।

विभागले प्रेस्क्रिप्सनविनै यस्ता औषधिको प्रयोग गर्नु गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र गुणस्तर प्रमाणीकरण बिनै प्रचार गरिएको यस्ता औषधि सेवनले गम्भीर साइड इफेक्ट उत्पन्न हुनसक्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायण ढकालद्वारा जारी सूचनामा भनिएको छ, ‘विज्ञापनमार्फत भ्रम फैलाउने, औषधिलाई रोगको निश्चित उपचारको रूपमा ग्यारेन्टी दिने, यौनशक्ति वृद्धिको आधारहीन दावी गर्ने क्रियाकलापहरू तुरुन्त बन्द गर्न जरुरी छ। यस्ता औषधिले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।

विभागले यस्ता औषधिजन्य सामग्री सेवन नगर्न उपभोक्तालाई आग्रह गर्दै उत्पादन, ओसारपसार र बिक्री वितरण गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाइएको जानकारी दिएको छ । 

औषधि व्यवस्था ऐन अनुसार यस्ता कार्य गैरकानुनी रहेको र यस्ता विज्ञापन तुरुन्त सामाजिक सञ्जालबाट हटाउन विभागले चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ४१ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी