हृदयन्द्रको जुम्ला भ्रमणको भिडियोबारे माओवादी सांसदको टिप्पणी- राजतन्त्र फर्काउने अर्को षड्यन्त्र « Khabarhub

हृदयन्द्रको जुम्ला भ्रमणको भिडियोबारे माओवादी सांसदको टिप्पणी- राजतन्त्र फर्काउने अर्को षड्यन्त्र


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका सुपुत्र हृदयन्द्र शाहको हालैको जुम्ला भ्रमण र त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि राष्ट्रिय बहसको विषय बनेको छ।

युट्युब च्यानल ‘साझा कथा’मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा हृदयन्द्रले जुम्लाका स्थानीय युवा, विद्यार्थी र व्यवसायीहरूसँग चाखलाग्दो संवाद गरेका छन्।

उनले भ्लगिङ शैलीमा ल्याएको उक्त भिडियो साझा कथा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसमा उनले जुम्लाका युवा, विद्यार्थी र व्यवसायीसँग गरेको चाखपूर्ण संवादले सबैको ध्यान तानेको छ । कयौँले उनको संवाद शैलीको प्रशंसा गर्दै राजा वीरेन्द्रसँग तुलना गरिरहेका छन् ।

तर उनको यो भिडियोलाई लिएर नेकपा माओवादी केन्द्रकी सांसद छिरिम ल्हामु लामाले भने आक्रोशपूर्ण टिप्पणी सार्वजनिक गरेकी छन् । प्रतिनिधिसभाकी समानुपातिक सांसद लामाले हृयदन्द्रलाई कुकुरो छाउरो हुर्किएझैँ हुर्किएकोसम्म भ्याएकी छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हृदयन्द्रको भिडियो र उनको जुम्ला भ्रमणबारे आक्रोशपूर्ण र तीतो टिप्पणी गरेर विवादमा परेकी हुन् ।

लामाले शाहवंशको कडा आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी सार्वजनिक गरेकी छन्। प्रतिनिधिसभाकी समानुपातिक सांसद लामाले हृदयन्द्र शाहको भ्रमणलाई ‘राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्र’को संज्ञा दिँदै ‘राजाको छोरालाई काखमा चेपेर दरबारिया शैलीमा युट्युबमार्फत् देश घुमाउने काम’ भएको उल्लेख गरेकी हुन् ।

‘हृदयन्द्र शाह कुकुरको छाउरो जस्तै हुर्किएको हो, जसलाई अब युट्युबमार्फत जनता झुक्याउने नयाँ स्टन्टको प्रयोग गरिँदैछ’, उनले गम्भीर आरोपसहित भनेकी छन् । हिमानी शाहले हृदयन्द्रलाई लिएर जुम्लाको भूमिमा पुरानै सामन्ती प्रवृत्तिको पुनरावृत्ति गर्न खोजेकी अर्को आरोप पनि उनले लगाएकी छन् ।

उनले विगतमा राजतन्त्रले जुम्लासमेतका दुर्गम क्षेत्रहरूलाई दुर्गम, गरिबी, रोग र भोकको पर्याय बनाएको उल्लेख गरेकी छन् । ‘राजतन्त्रका २३८ वर्षमा सिटामोलसम्म पुर्‍याउन नसकेको ठाउँमा गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायतका सेवा सुविधा पुर्‍याएको छ’, उनले तर्कसहित भनेकी छन् ।

लामाले हृदयन्द्रको भिडियोको व्यापक प्रचारप्रसारलाई ‘सामन्ती सोचको निरन्तरता’ भनेकी छन्।

उनले आफ्नो फेसबुक वालमा चर्चित युट्युबर/भ्लगर सिर्जना सिज्जुको पनि नाम लिएकी छन् । ‘सिर्जना सिज्जुजस्ता भ्लगरहरूले जुम्लालाई चिनाउने उत्कृष्ट प्रयास गरे पनि उनीहरू मिडियाको हेडलाइन बन्न सकेनन्, किनभने उनीहरू राजपरिवारका सदस्य होइनन्’, उनले भनेकी छन् ।

लामाले अब सिंहदरबार वंशले नभई जनताको विश्वासले चल्ने बताइन् । ‘सिंहदरबार अब बंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ। हामीले सामन्ती सोचविरुद्ध लडेका हौं, र लडिरहनेछौँ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ