कोशी प्रदेशसभामा विधेयक पारित | Khabarhub Khabarhub

कोशी प्रदेशसभामा विधेयक पारित


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । 

मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्ण रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको  मातहत आइसकेको जानकारी दिए  । यी दुवै आयोजना चार लाख ५० हजार लिटर पानी अट्ने क्षमताका हुन् ।

मन्त्री कार्कीले अहिले कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई मात्र खानेपानीको प्रबन्ध रहेको जानकारी दिँदै यो विधेयकले सबै नागरिकलाई खानेपानीको प्रबन्ध मिलाउन सहज हुने बताए  । 

संविधानप्रदत अधिकार तथा नागरिकको सम्मानका निम्ति पिछडिएका जाति र समुदायलाई सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था मिलाउन प्रदेश सरकार तत्पर रहेको उनले बताए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरू मीना श्रेष्ठ, रमेशकुमार बस्नेत, तिलचन पाठक, खगेश्वरी पौडेल र शोभा चेम्जोङले नागरिकका विविध समस्याबारे आफ्ना जिज्ञासा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही साउन २२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ३३ बजे

समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

बागमती– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

गण्डकी– नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी