धरान- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासायी बन्दै गएको बताएका छन् ।
उनले स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले जनताको सेवा गर्न दिनुपर्ने पनि बताएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस बिध्यार्थीको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाले भने जस्तो काम गर्न नसकेको बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले त्यहाँ पढेका डाक्टर जहाँ-जहाँ पुगेपनि शिर उँचो राख्ने र गर्व गर्नलायक काम गरिरहेको बताए ।
प्रतिक्रिया