नहरले बगाउँदा वृद्धको मृत्यु « Khabarhub

नहरले बगाउँदा वृद्धको मृत्यु


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । 

रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । 

घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिएका हुन् ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३२ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको