कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक « Khabarhub

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित गर्दै पहिलो तीज गीत सार्वजनिक गरेको छ। ‘तिज आयो तिज’ शीर्षकमा सार्वजनिक गरिएको यो गीतले सांगीतिक क्षेत्रका चर्चित नामहरूलाई एकसाथ ल्याएको छ।

गीतमा लोकप्रिय गायिका कोमल वली र चर्चित गायक अमरदीप विसीको दमदार स्वर समावेश गरिएको छ। शब्द पनि अमरदीप विसीले लेखेका हुन् भने संगीत संयोजन विमल छिनालले गरेका छन्। सांगीतिक हिसाबले गीतमा परम्परा र आधुनिकतालाई सन्तुलनमा राखेर बनाइएको देखिन्छ।

भिडियोतर्फ हेर्ने हो भने, यसमा कोमल वली, गीता ढुङ्गाना, किरण सेलवाल, गोविन्द थापा, दिव्यानी ओली र राधिका नेपालको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनय, नृत्य र प्रस्तुतिले गीतलाई अझै प्रभावशाली बनाएको छ।

यो गीतले तीज पर्वमा महिलाको उत्साह, उमङ्ग र सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। गीतको छायांकन, सम्पादन र निर्देशन पनि सशक्त ढंगले प्रस्तुत गरिएको छ।

भिडियाे

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै