कूटनीति र वार्ताका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्छ : भारत « Khabarhub

कूटनीति र वार्ताका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्छ : भारत


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले वार्ता र कूटनीतिका माध्यमबाट प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरिश पर्वतेनानीले प्यालेस्टाइन र इजरायलबीच जारी द्वन्द्वको शान्तिपूर्ण समाधान हुनुपर्ने आफ्नो मुलुकको धारणा रहेको उल्लेख गरेका हुन् ।

उनले यसका लागि ‘दुई राज्य समाधान’ को पक्षमा भारत रहेको पनि बताए । अमेरिकाको न्यूयोर्कमा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले गाजा क्षेत्रमा मानवीय अवस्था अत्यन्त नाजुक रहेको पनि उल्लेख गरे ।

उनले गाजा क्षेत्रमा युद्धविरामको पहल गरिरहेका सबै मैत्रिपूर्ण मुलुकहरुप्रति पनि कृतज्ञता व्यक्त गरे ।

उनले गाजा क्षेत्रमा हमासले बन्धक बनाएका सबै बन्दीलाई रिहा गर्न पनि आह्वान गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३२ बजे

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता