कूटनीति र वार्ताका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्छ : भारत « Khabarhub

कूटनीति र वार्ताका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्छ : भारत


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले वार्ता र कूटनीतिका माध्यमबाट प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरिश पर्वतेनानीले प्यालेस्टाइन र इजरायलबीच जारी द्वन्द्वको शान्तिपूर्ण समाधान हुनुपर्ने आफ्नो मुलुकको धारणा रहेको उल्लेख गरेका हुन् ।

उनले यसका लागि ‘दुई राज्य समाधान’ को पक्षमा भारत रहेको पनि बताए । अमेरिकाको न्यूयोर्कमा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले गाजा क्षेत्रमा मानवीय अवस्था अत्यन्त नाजुक रहेको पनि उल्लेख गरे ।

उनले गाजा क्षेत्रमा युद्धविरामको पहल गरिरहेका सबै मैत्रिपूर्ण मुलुकहरुप्रति पनि कृतज्ञता व्यक्त गरे ।

उनले गाजा क्षेत्रमा हमासले बन्धक बनाएका सबै बन्दीलाई रिहा गर्न पनि आह्वान गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३२ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी