पशुमा कृत्रिम गर्भाधान बढ्दो « Khabarhub

पशुमा कृत्रिम गर्भाधान बढ्दो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुणा बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।

आर्थिक वर्ष २०८१–८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच सय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

खासगरी व्यावसायिक पशुपालन फर्मका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । २०७६–७७ मा एक हजार छ सय गाईभैँसीको कृत्रिम गर्भाधान गरेकोमा त्यसको सङ्ख्या क्रमश बढेर अहिले दुई हजार पाँच सय ४३ पुगेको हो ।

आर्थिक वर्ष २०७७–७८ एक हजार आठ सय, आर्थिक वर्ष २०७८–७९, एक हजार आठ सय, आर्थिक वर्ष २०७९–८० एक हजार सात सय, आर्थिक वर्ष २०८०–८१ दुई हजार दुई सय गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।

बागलुङ जिल्लामा हाल आठ वटा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् भने १२ जना कृत्रिम गर्भाधानकर्ता सक्रिय रहेर सेवा दिइरहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अस्पतालमार्फत ६ सय ४१ पटक र अन्य स्थानमार्फत एक हजार नौ सय दुई पटक सेवा दिइएको छ ।

पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए । किसानको दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पु¥याएको सापकोटाको भनाई छ । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।

कृत्रिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने पशुपालक किसान नन्दलाल सापकोटाले जानकारी दिए ।

यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको विर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्न गर्दा दूधको उत्पादनमा तीन गुणासम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउँछन् । (रासस)

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ५० बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा