स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाका लागि लामिन यमल र रायो भालेकानोका फ्रान पेरेजले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा यमलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

रायो भालेकानोका पेरेजले खेलको ६७औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि बार्सिलोना र रायो भालेकानो अंक बाँड्न बाध्य भए ।

यसअघिका दुई खेलमा बार्सिलोनाले मायोर्का र लेभान्तेलाई हराएको थियो भने रायो भालेकानोले एकमा जित र एकमा हार बेहोरेको थियो ।

यो बराबरीसँगै जारी लिगमा बार्सिलोना तीन खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ । समान खेलबाट रायो भालेकानो १०औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : ३९ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने