स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाका लागि लामिन यमल र रायो भालेकानोका फ्रान पेरेजले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा यमलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

रायो भालेकानोका पेरेजले खेलको ६७औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि बार्सिलोना र रायो भालेकानो अंक बाँड्न बाध्य भए ।

यसअघिका दुई खेलमा बार्सिलोनाले मायोर्का र लेभान्तेलाई हराएको थियो भने रायो भालेकानोले एकमा जित र एकमा हार बेहोरेको थियो ।

यो बराबरीसँगै जारी लिगमा बार्सिलोना तीन खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ । समान खेलबाट रायो भालेकानो १०औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ८ : ३९ बजे

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय