एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ? « Khabarhub

एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ?

दुई हजार ३४ प्रतिनिधि सहभागी हुँदै


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको अबको चार चारपछि सुरु हुँदैछ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पुरा भएको केन्द्रीय कार्यालयले जनाएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मध्ये पार्टी छोडेका, मृत्यु भएका र कारबाहीमा परेका नेताको नाम सूचीबाट हटाइएको छ ।

गौतमले भने, ‘रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरु आयोजकको हैसियतमा रहनु हुन्छ ।’ महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधीसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन् ।

केन्द्रीय कार्यलयले आइतबार सबै प्रतिनिधिलाई एसएमएस मार्फत महाधिवेशनको निमन्त्रणा पठाइ सकेको छ । केही प्रतिनिधिको मोबाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ । पार्टीले विधान महाधिवेशनको मुल नाराको रुपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, साँगठनिक र विधान छपाइको काम भइरहेको छ ।

यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ । प्रतिनिधी परिचय पत्र छपाइ भइसकेको छ ।

एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ । प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलन मार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ ।

परिचय पत्र अनलाइनमार्फत लिन सकिने व्यवस्था गरिएको छ । डा.अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधिलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । खाना र खाजाका लागि हिजो नै एक व्यांकेटलाई जिम्मा दिइएको छ ।

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीले सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हसिंया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन्।

ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ । यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटी देखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित ब्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

विधान अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यसूची तयार गर्न सोमबार पार्टी महासचिव शंकर पोखरेलको उपस्थितीमा बैठक बस्दैछ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : ३१ बजे

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन