बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’ « Khabarhub

बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् ।

रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको  स्पष्ट पारेका छन् ।

‘यो विषय उठेपछि थापासँग हामी केही नेताहरूको फोन सम्पर्क भएको थियो। उहाँले म कुनै पनि रूपमा कमजोर छैन मसँग सबै प्रमाणहरू छन्, आवश्यक परे म सार्वजनिक गर्न सक्छु । एकजना श्रीमतीसँग डिभोर्स गरिसकेको मसँग कागज सुरक्षित छ’, थापाको भनाइ उदृत गर्दै रास्वपाका एक शीर्ष नेताले खबरहबलाई भने, ‘आज म तपाईँहरूसँग समन्वय गरेर आवश्यक परे कागजै सार्वजनिक गर्न तयार छु । म कुनै पनि रुपमा चुकेको छैन र म कमजोर छैन । म कमजोर भए जुनसुकै कारबाही भोग्न समेत तयार छु।’

रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ ।

केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ ।

रास्वपाका केही नेताहरूले भने यो विषय यस अगाडिका मिटिङहरूमा नउठेको तर केही नेताहरूले यस्तो कुरा आएको छ भन्ने हल्ला गरेको भने स्वीकार गरेका छन् ।

रास्वपाका एक नेताले खबरहबलाई भने, ‘उहाँको पारिवारिक विषयमा प्रश्न उठेको थियो तर डिभोर्स भइसकेको भनेपछि हामीले कोट्याउने कुरा भएन । रूपन्देही– ३ मा जनता माझ जाँदा भने यो विषय कसैले पनि उठाउनुभएको थिएन।’

यसबारेमा खबरहबले थापासँग बुझ्न खोजे पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : ५५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले