बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’ « Khabarhub

बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् ।

रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको  स्पष्ट पारेका छन् ।

‘यो विषय उठेपछि थापासँग हामी केही नेताहरूको फोन सम्पर्क भएको थियो। उहाँले म कुनै पनि रूपमा कमजोर छैन मसँग सबै प्रमाणहरू छन्, आवश्यक परे म सार्वजनिक गर्न सक्छु । एकजना श्रीमतीसँग डिभोर्स गरिसकेको मसँग कागज सुरक्षित छ’, थापाको भनाइ उदृत गर्दै रास्वपाका एक शीर्ष नेताले खबरहबलाई भने, ‘आज म तपाईँहरूसँग समन्वय गरेर आवश्यक परे कागजै सार्वजनिक गर्न तयार छु । म कुनै पनि रुपमा चुकेको छैन र म कमजोर छैन । म कमजोर भए जुनसुकै कारबाही भोग्न समेत तयार छु।’

रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ ।

केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ ।

रास्वपाका केही नेताहरूले भने यो विषय यस अगाडिका मिटिङहरूमा नउठेको तर केही नेताहरूले यस्तो कुरा आएको छ भन्ने हल्ला गरेको भने स्वीकार गरेका छन् ।

रास्वपाका एक नेताले खबरहबलाई भने, ‘उहाँको पारिवारिक विषयमा प्रश्न उठेको थियो तर डिभोर्स भइसकेको भनेपछि हामीले कोट्याउने कुरा भएन । रूपन्देही– ३ मा जनता माझ जाँदा भने यो विषय कसैले पनि उठाउनुभएको थिएन।’

यसबारेमा खबरहबले थापासँग बुझ्न खोजे पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : ५५ बजे

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति