८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण « Khabarhub

८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । 

सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ र इच्छाकामनाका ३ जनामा  स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् । 

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्तो लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्नेलगायत उपाय अपनाउनुपर्ने किट नियन्त्रक केसीले बताए।
 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २३ बजे

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

एजेन्सी– अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि