शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’ « Khabarhub

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी फेब्रुअरी १२ मा हुने आम निर्वाचनमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका सजीब वाजिदले सोमबार साँझ कोलकातामा आयोजित एक पुस्तक परिचर्चामा भिडियो कन्फरेन्समार्फत बोल्दै भने, ‘यी निर्वाचनमा अवामी लिगलाई व्यवहारिक रूपमा बाहिर राखिएको छ, जबकि वास्तविक रूपमा यो दुई दलबीचको मात्रै प्रतिस्पर्धा हो। सबै प्रगतिशील दल दबाइँदै छन्। यो वास्तवमा निर्वाचन नै होइन।’

उनले ‘निर्वाचनपछि जमात–ए–इस्लामीलाई खुला छुट दिइने बताउँदै उनीहरूले आतंकवादलाई बढावा दिने आरोप पनि लगाए । यदि त्यसो भएमा त्यसले भारतका लागि खतरा पैदा गर्ने उनको तर्क थियो ।

उनले निर्वाचनपछि पाकिस्तानलाई पनि बंगलादेशमा खुला पहुँच दिइने आशंका गरे । जसका कारण गम्भीर परिणाम देखिन सक्ने उनको दाबी छ।

सजीब वाजिदले भने, ‘यस शासनले पोस्टल भोटिङलाई अनुमति दिएको छ। हामीले पहिले कहिल्यै यस्तो गरेका थिएनौँ, किनकि यसलाई प्रमाणित गर्न निकै गाह्रो हुन्छ। सामान्य मतपत्रमा गडबडी सजिलै देखिन्छ, तर पोस्टल मतपत्रमा केही देखिँदैन। चुनाव आयोगको तथ्यांकमै भर पर्नुपर्छ।’

उनले अन्तर्राष्ट्रिय समुदायलाई यी निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष मान्न अस्वीकार गर्न अपील गर्दै भनेका छन्, ‘यदि पहिल्यै यसको निन्दा गरिएन भने देशले कठपुतली सरकार पाउनेछ।’

अवामी लिगको भविष्यबारे उनले चिन्ता जाहेर गरे । ‘अवामी लिग कतै जानेवाला छैन। यसको करिब ४० प्रतिशत मत आधार छ। पार्टीले आफ्नो धार परिवर्तन गर्नेछैन। तर तबसम्म परिस्थिति कस्ता हुनेछन् भन्ने प्रश्न छ। एकातर्फ विदेशी शक्ति हुनेछन् भने अर्कोतर्फ शरिया कानुन लाद्न खोज्ने इस्लामवादीहरू।’

उनले अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्दै भने, ‘जमात–ए–इस्लामी र इस्लामी आतंककारीहरूलाई देश चलाउनबाट रोक्ने यो अन्तिम मौका हो।’

यसअघि दिल्लीमा शेख हसिनाले दिएको एक सार्वजनिक अभिव्यक्तिप्रति बंगलादेश सरकार गम्भीर रूपमा असन्तुष्ट भएको थियो। जनवरी २३ मा आयोजित एक कार्यक्रममा शेख हसिनाको अडियो भाषण सार्वजनिक गरिएको थियो।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : १३ बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात