ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन « Khabarhub

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भदौ २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले तालमेल हुन नसक्ने बताएका हुन् ।

अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै उत्रने उनले बताएका छन् ।

गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरे । अराजकता, अस्थिरता र प्रतिगमन सच्च्याउन एमाले लाग्ने भएकाले केही स्थानमा सातोतिनो सहकार्य हुन सक्ने उनले बताए।

उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ । अरुलाई पुराना भनेर आर‍ोप लगाउने गरेको भन्दै उनीहरूसँग कुनै एजेण्डा नरहेको धारणा राखे ।

कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनले बताएका छन् । उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ५७ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा