एमाले विधान महाधिवेशनको तयारी तीव्र « Khabarhub

एमाले विधान महाधिवेशनको तयारी तीव्र


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका र केही तीव्र रूपमा भइरहेको जानकारी दिए । 

एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् । उनले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेको भन्दै ती प्रतिनिधिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाको सूची हटाइएको बताए। ती हटाएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था पार्टीमा नभएकाले नयाँ प्रतिनिधि चयन नहुने बताए। 

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरू आयोजकको हैसियतमा रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आइतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिए। महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ । 

केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ । 

यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । उनले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिए । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ । 

यस्तै, महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ४५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी