एमाले विधान महाधिवेशनको तयारी तीव्र « Khabarhub

एमाले विधान महाधिवेशनको तयारी तीव्र


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका र केही तीव्र रूपमा भइरहेको जानकारी दिए । 

एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् । उनले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेको भन्दै ती प्रतिनिधिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाको सूची हटाइएको बताए। ती हटाएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था पार्टीमा नभएकाले नयाँ प्रतिनिधि चयन नहुने बताए। 

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरू आयोजकको हैसियतमा रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आइतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिए। महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ । 

केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ । 

यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । उनले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिए । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ । 

यस्तै, महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ४५ बजे

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

एजेन्सी– अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि